कलाकार संघको चुनाव: अध्यक्षमा सरिता लामिछानेलाई हराउँदै रविन्द्र खड्का विजयी « Khabarhub

कलाकार संघको चुनाव: अध्यक्षमा सरिता लामिछानेलाई हराउँदै रविन्द्र खड्का विजयी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । शनिवार सम्पन्न भएको संघको चुनावमा प्रतिद्वन्द्वी सरिता लामिछानेलाई पछाडि पार्दै रविन्द्र विजयी भए ।

संस्थापक अध्यक्ष समेत रहेका खड्काले २१८ मत लिए भने लामिछानेले १६१ मत पाइन् । खड्काले प्रतिद्वन्दी लामिछानेलाई ५८ मतले पछाडि पारेका हुन् ।

यस्तै उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याएर विजयी भइन् । अर्को उपाध्यक्षमा सानुकुमार ताम्राकारले पनि जीत हासिल गरे । प्रतिद्वन्दी मनोज केसीले १४२ ल्याए भने विनोद भट्टराईले ९६ मत पाए ।

त्यसै गरी महासचिवमा चेतबहादुर सिंह राजा विजयी भए । उनले कूल १८७ मत ल्याए भने प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत पाए । त्यस्तै सचिवमा पनाह अधिकारी विजयी भए । उनको पोल्टामा १९४ मत खस्यो भने प्रतिद्वन्दी कविता गेलालले १६९ मत लिएर हार बेहोरिन् ।

कोषाध्यक्ष पदमा सुनील कटुवाल निर्विरोध चयन भएका थिए । यस्तै सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् । उनले २२० मत ल्याएर प्रतिद्वन्द्वी डिबी बम्जनलाई जितिन् । बम्जनले १३३ मत ल्याएका थिए ।

यसै गरी १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, गोपाल नेपाल, शारदा नेपाल, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : २५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको