अमेरिकाले जित्यो महिला विश्वकप फुटबलको उपाधि « Khabarhub

अमेरिकाले जित्यो महिला विश्वकप फुटबलको उपाधि


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेदरल्याण्डमाथि रोमान्चक जित निकाल्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले नेदरल्याण्डमाथि २–० को नतिजासहित उपाधि जितेको हो ।

अमेरीकाको उपाधि जितमा मेगन रापिनो र रोज रावेलोले गोल गरीन् ।

६१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । नेदरल्याण्डका खेलाडीको गल्तीमा पाएको पेनाल्टी मेगनले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

लगत्तै ८ मिनेटपछि अमेरिकाले अग्रता २–० मा पुर्‍यायो । मेवइसको पासमा रोजले अमेरीकाको अग्रता दोब्बर बनाएकी थिइन् ।

बाँकी समय डच टिम नेदरल्याण्ड खेलमा फर्किन नसक्दा अमेरिका चौथो पटक उपाधि जित्न सफल भएको हो । पहिलो पटक फाइनल पुगेको नेदरल्याण्ड दोस्रो हाफमा सम्हालिन नसक्दा उपविजेतामा सिमित भयो ।

अमेरीकाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ०१ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल