अमेरिकाले जित्यो महिला विश्वकप फुटबलको उपाधि « Khabarhub

अमेरिकाले जित्यो महिला विश्वकप फुटबलको उपाधि


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेदरल्याण्डमाथि रोमान्चक जित निकाल्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले नेदरल्याण्डमाथि २–० को नतिजासहित उपाधि जितेको हो ।

अमेरीकाको उपाधि जितमा मेगन रापिनो र रोज रावेलोले गोल गरीन् ।

६१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । नेदरल्याण्डका खेलाडीको गल्तीमा पाएको पेनाल्टी मेगनले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

लगत्तै ८ मिनेटपछि अमेरिकाले अग्रता २–० मा पुर्‍यायो । मेवइसको पासमा रोजले अमेरीकाको अग्रता दोब्बर बनाएकी थिइन् ।

बाँकी समय डच टिम नेदरल्याण्ड खेलमा फर्किन नसक्दा अमेरिका चौथो पटक उपाधि जित्न सफल भएको हो । पहिलो पटक फाइनल पुगेको नेदरल्याण्ड दोस्रो हाफमा सम्हालिन नसक्दा उपविजेतामा सिमित भयो ।

अमेरीकाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ०१ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा