काङ्ग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने « Khabarhub

काङ्ग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यसूची प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्ने, विधानबमोजिम क्रियाशील सदस्यता नवीकरण एवं वितरणसम्बन्धी, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत प्रस्तुत गरेको पार्टी कार्यालयले जनाएको छ ।

काङ्ग्रेसले गत वैशाख २५ देखि जेठ २५ गतेसम्म मुलुकभर एकसाथ पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको थियो । त्यस्तै बैठकमा काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने, केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि प्रस्तुत गरिएका छन् ।

बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, तनहँुमा अवैध रुपमा गठन भएको काङ्ग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्बन्धमा, देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ र विविध गरी १४ कार्यसूची पेश भएका छन् ।

कार्यसूची प्रस्तुतिपश्चात् बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखकले ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्नुभएको मुख्यसचिव पौडेलले जानकारी दिए । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका सबैलाई वितरण गरी आजको बैठक समापन भएको थियो । नियमावलीको अध्ययनपश्चात् यही असार २७ गते अपराह्न १ बजे बैठक पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयोे ।

बैठकको प्रारम्भ गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्वलगायत सबैलाई बधाई एवं धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : १२ बजे

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करबाट मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका