बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते « Khabarhub

बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको पकाहामैनापुर गाउँपालिका–५ सबैठवा चोकमा बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते भएका छन् ।

ना३ख ७४२२ नम्बरको ट्रक वेल्डिङ गर्ने क्रममा बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो २ बजेतिर आगो लागेको थियो । करिब २० मिनेटपछि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि घाइते हुनेहरुमा पकाहामैनापुर–५ का २५ वर्षीय जितेन्द्र कुशवाहा, १७ वर्षीय सन्तोष महतो र १४ वर्षीय निक चौरसिया छन् ।

उनीहरुको स्थानीय पकाहामैनापुर स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि वीरगन्जस्थित नारायणी अस्पताल ल्याइएको छ । अहिले उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ३३ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत