दिवंगत वामपन्थी नेता अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे वैद्य, प्रचण्ड र बाबुराम « Khabarhub

दिवंगत वामपन्थी नेता अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे वैद्य, प्रचण्ड र बाबुराम


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारकै क्रममा आइतबार निधन भएका वामपन्थी नेता श्रीनाथ अधिकारी (श्याम)प्रति विभिन्न दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण), सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य अधिकारीको आइतबार उपचारकै क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा निधन भएको थियो ।

गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका अधिकारीलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि ल्याइएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो ।

विसंं २०१२ साउनमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिस्ट आन्दोलनमा लागेका थिए ।

जनयुद्धको शुरुवाती चरणदेखि नै तत्कालीन नेकपा माओवादीमा रहेका अधिकारी माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका थिए ।

दिवंगत अधिकारीको सोमबार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन