६५ वर्षीय हिराबहादुरको बिजोग, बस्ने बास नहुँदा १ महिनादेखि ओडारमा « Khabarhub

६५ वर्षीय हिराबहादुरको बिजोग, बस्ने बास नहुँदा १ महिनादेखि ओडारमा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा  म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महिनादेखि ओडारमा बास बस्दै आएका छन् ।

घरजग्गा केही नभएका (सुकुम्वासी) पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्ने गरेका थिए । केही समयअघि ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बास बसिरहेका छन् ।

रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रोसमेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारीसमेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले जानकारी दिए ।

“गाउँमा न उनीहरुका कोही आफन्त छन्, न त सम्पत्ति छ” गौचनले भने, “उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस ग¥यौँ तर पत्ता लगाउन सकिएन ।”

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदूरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाई एउटै कोठामा बस्थे । तर उनीहरुको बीचमा झगडा भएपछि भाइ हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेका र यो कुरा आफूले केही दिन अघि मात्र थाहा पाएको गौचनले जानकारी दिए ।

गाउँपालिकामा यी दुई भाईको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए ।

उनीहरुलाई अहिले तत्कालै रु एक लाख खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिराबहादुर पूर्जाको नागरिकताको आधारमा दाजु लोदे पूर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १२ : २३ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको