प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई स्थगित « Khabarhub

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई स्थगित


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई केही समयका लागि स्थगित गरिएको छ ।

सोमबार बिहानदेखि शुरु भएको संसदीय सुनुवाई अपराह्न ३ बजे सम्मका लागि स्थगित गरिएको हो । संसदीय सुनुवाई विशेष समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केही बेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल आफ्नो योजना रहेको मिश्रले सुनाए ।

सरकारले गत जेठ २३ गते बंगलादेश, कतार, अस्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : ०४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन