को हुन् दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने चो इन गुक ? « Khabarhub

को हुन् दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने चो इन गुक ?


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाबाट भागेर एक जना उत्तर कोरिया पुगेका छन् । दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दक्षिण कोरियाली नागरिक चो इन गुकलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाली अधिकारीले स्वागत गरेका थिए ।

उत्तर कोरिया पुगेका चो यसअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दुई कुटनीतिज्ञका छोरा रहेको जनाइएको छ । अब उनी उत्तर कोरियाका लागि कोरियाली एकीकरणका विषयमा काम गर्ने उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाबाट दक्षिण कोरिया भागेर आउनु स्वभाविक भएपनि दक्षिण कोरियाबाट उत्तर कोरिया भागेर जाने घटना निकै दुर्लभ हुने बताइन्छ । दुई मुलुक अझै पनि युद्धकै अवस्थामा रहेकाले दक्षिण कोरियालीलाई उत्तर कोरिया जान अनुमति चाहिन्छ । तर, चोले उत्तर कोरिया जान दक्षिण कोरियाबाट अनुमति नलिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाबाट उनी कसरी उत्तर कोरिया पुगे भन्ने स्पष्ट नभएपनि उनी चीनबाट त्यहाँ पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले उत्तर कोरिया जाँदा दक्षिण कोरियाली अनुमति नलिएर कानून उल्लङ्घन गरेकाले उनी त्यहाँबाट फर्केपनि दक्षिण कोरियामा पक्राउ पर्नसक्ने जनाइएको छ ।

को हुन् चो इन गुक ?

७३ वर्षे दक्षिण कोरियाली नागरिक चो इन गुकको राजनीतिक तथा व्यक्तिगत जीवनबारे स्पष्ट छैन । उनका श्रीमती तथा सन्तान दक्षिण कोरियामै छन् । यद्यपि उनका बाबुआमा भने कोरियाली युद्धपछि दक्षिण कोरियाबाट उत्तर कोरिया भागेर जाने वरिष्ठ कुटनीतिज्ञहरु हुन् । उनका बाबु चो टोक सिनले सन् ६० को दशकमा दक्षिण कोरियाली विदेशमन्त्रीको रुपमा काम गरेका थिए ।

तत्कालिन दक्षिण कोरियाली सैन्य शासक पार्क चुङ हीको तानाशाही शासनको कट्टर आलोचक चो टोक सिन सन् ७० को दशकमा अमेरिकामा शरण लिएका थिए । त्यसपछि सन् १९८६ मा उनी र उनकी श्रीमती अमेरिकाबाट भागेर उत्तर कोरियामा शरण लिन गएका थिए । त्यसबेला उनीहरुका पाँच सन्तान भने दक्षिण कोरियामै थिए ।

ती पाँच सन्तानमध्येका चो इन गुक दक्षिण कोरियामा ‘देशद्रोहीको सन्तान’ का रुपमा रहेका कारण उनले जागीर नपाएको तथा सामाजिक बहिष्करणमा परेको बताइन्छ । चो इन गुक पछिल्ला केही वर्षयता उत्तर कोरियाको नियमित भ्रमणमा जाने गरेका थिए । पछिल्लो समय सन् २०१६ मा आफ्नी आमाको निधन भएका बेला अन्त्येष्टीका लागि उनी उत्तर कोरिया पुगेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ३६ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले