पतिविरुद्ध पुलिस चौकी पुगिन् अभिनेत्री अक्षरा « Khabarhub

पतिविरुद्ध पुलिस चौकी पुगिन् अभिनेत्री अक्षरा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भोजपुरी चलचित्रकी निकै हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंहबीच भएको विवाद अब पुलिस थाना पुगेको छ ।

मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन सिंहलाई धम्की दिएको आरोप लगाएकी छिन् ।

अक्षराले फेसबुक, इंस्टाग्राम, यू-ट्यूब लगायतका सामाजिक सञ्जालमा उनले आपत्तिजनक फोटो तथा भिडियो पोस्ट गरेको आरोप लगाएकी छिन् ।

यही आरोपछि उनीहरुको सम्बन्ध बिग्रिएको छ । अक्षराले आफू न्यायका लागि प्रतिक्षामा रहेको बताएकी छिन् । यसअघि भोजपुर फिल्ममा काम गरिसकेकी अभिनेत्री युक्ता मुखीले पनि आफ्ना श्रीमानमाथि गम्भीर आरोप लगाएकी थिइन् ।

विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौ–न सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् ।

उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो । सन् २००० मा युक्ताले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले एक तमिल फिल्म पूवेलम उन वसमबाट डेब्यू गरेकी थिइन् । त्यसपछि सन् २००२ मा उनले ‘प्यासा’ नामको हिन्दी फिल्ममा काम गरिन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : १८ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार