राहत सामग्री चोरी गर्ने चार पक्राउ « Khabarhub

राहत सामग्री चोरी गर्ने चार पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेको उनले बताए । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिए ।

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करिब २ लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५