कश्मीरको तनावले काठमाडौंका व्यवसायी चिन्तित « Khabarhub

कश्मीरको तनावले काठमाडौंका व्यवसायी चिन्तित


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित कश्मीरका विषयमा भारत सरकारले गरेको नयाँ निर्णयसँगै काठमाडौंमा रहेका कश्मीरी व्यापारी चिन्तामा परेका छन् । आफ्नो ठाउँको पछिल्लो परिस्ठितिले चिन्तित बनाएको भन्दै उनीहरुले भारतको यो कदमको पाकिस्तानमा व्यापक विरोध भइरहेको पनि उल्लेख गरेका छन् ।

कश्मीरमा शुरु भएको नयाँ व्यवस्थासँगै सबैखाले सम्पर्क विच्छेद भएकाले परिवारको हालखबर बुझ्न नपाउँदै अझै समस्या परेको उनीहरुको भनाई छ ।

काठमाडौंको ठमेलमा विगत ४० वर्षदेखि व्यवसाय सञ्चालन गरेर बसेका कश्मीरीहरु छन् । उनीहरुले सुरक्षाका कारण परिचय दिन नमानेपनि अहिलेको परिस्थितले धेरै दु:खी बनाएको बताएका छन् ।

ठमेलमा भेटिएका व्यापारीका अनुसार काठमाडौं र पोखरामा गरी ३ सय भन्दा बढी कश्मीरी व्यापारी कार्यरत छन् । उनीहरु विगत ४० वर्षदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।

भारतीय कदमको कश्मीरमा पनि विरोध भइरहेको बताउँदै उनीहरुले त्यहाँको समाचार बाहिर नआएको प्रतिक्रिया दिएका छन् । विगतमा पाकिस्तानले गर्ने प्रदर्शनका क्रममा सम्पर्क विच्छेद गरिएपनि यसपटकको निक्कै कडा रहेको उनीहरुको भनाई छ । कश्मीरमा अहिले सुरक्षार्थ सेनाको संख्या पनि बढाइएको छ ।

परिवारका सदस्यसँग सम्पर्क नहुँदा झडपका घटना बढे वा परिवारका सदस्यलाई केही भयो कि भन्ने पीरले पिरोल्ने गरेको उनीहरुको गुनासो छ ।

यतिबेला कश्मीरको अवस्था पनि नाजुक रहेको बीबीसीले उल्लेख गरेको छ । आफ्ना सम्वाददाता आमिर पिरजादाको भनाई उल्लेख गर्दै बीबीसीले कश्मीरी मानिस आक्रोसित देखिएको तथा उनीहरूले आफूहरूलाई धोका भएको महसुस गरेको पाइएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ३० बजे

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट