कश्मीरको तनावले काठमाडौंका व्यवसायी चिन्तित | Khabarhub Khabarhub

कश्मीरको तनावले काठमाडौंका व्यवसायी चिन्तित


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित कश्मीरका विषयमा भारत सरकारले गरेको नयाँ निर्णयसँगै काठमाडौंमा रहेका कश्मीरी व्यापारी चिन्तामा परेका छन् । आफ्नो ठाउँको पछिल्लो परिस्ठितिले चिन्तित बनाएको भन्दै उनीहरुले भारतको यो कदमको पाकिस्तानमा व्यापक विरोध भइरहेको पनि उल्लेख गरेका छन् ।

कश्मीरमा शुरु भएको नयाँ व्यवस्थासँगै सबैखाले सम्पर्क विच्छेद भएकाले परिवारको हालखबर बुझ्न नपाउँदै अझै समस्या परेको उनीहरुको भनाई छ ।

काठमाडौंको ठमेलमा विगत ४० वर्षदेखि व्यवसाय सञ्चालन गरेर बसेका कश्मीरीहरु छन् । उनीहरुले सुरक्षाका कारण परिचय दिन नमानेपनि अहिलेको परिस्थितले धेरै दु:खी बनाएको बताएका छन् ।

ठमेलमा भेटिएका व्यापारीका अनुसार काठमाडौं र पोखरामा गरी ३ सय भन्दा बढी कश्मीरी व्यापारी कार्यरत छन् । उनीहरु विगत ४० वर्षदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।

भारतीय कदमको कश्मीरमा पनि विरोध भइरहेको बताउँदै उनीहरुले त्यहाँको समाचार बाहिर नआएको प्रतिक्रिया दिएका छन् । विगतमा पाकिस्तानले गर्ने प्रदर्शनका क्रममा सम्पर्क विच्छेद गरिएपनि यसपटकको निक्कै कडा रहेको उनीहरुको भनाई छ । कश्मीरमा अहिले सुरक्षार्थ सेनाको संख्या पनि बढाइएको छ ।

परिवारका सदस्यसँग सम्पर्क नहुँदा झडपका घटना बढे वा परिवारका सदस्यलाई केही भयो कि भन्ने पीरले पिरोल्ने गरेको उनीहरुको गुनासो छ ।

यतिबेला कश्मीरको अवस्था पनि नाजुक रहेको बीबीसीले उल्लेख गरेको छ । आफ्ना सम्वाददाता आमिर पिरजादाको भनाई उल्लेख गर्दै बीबीसीले कश्मीरी मानिस आक्रोसित देखिएको तथा उनीहरूले आफूहरूलाई धोका भएको महसुस गरेको पाइएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ३० बजे

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक

भाेलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

काठमाडौं– नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन