नेयमार रियल मड्रिड जाने ! « Khabarhub

नेयमार रियल मड्रिड जाने !


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरुवा बजार बन्द हुन केही दिनमात्रै बाँकी रहँदा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि रियल मड्रिडले रुचि देखाएको छ । लामो समयदेखि स्पेनकै अर्को क्लब तथा नेयमारको पूर्व क्लब बार्सिलोना जाने हल्लाका बीच नेयमारका लागि रियल मड्रियले प्रस्ताव ल्याएको कुरा सार्वजनिक भएको छ ।

नेयमारलाई रियलले क्लबमा भित्र्याउने प्रस्ताव राख्दा रियलले लुका मोड्रिकलाई पीएसजीलाई दिने पनि प्रस्ताव गरेको छ ।

रियलले लुका मोड्रिकसँगै नेयमारका लागि १ सय १० मिलियन पाउण्ड दिने घोषणा गरेको डेली मेलले उल्लेख गरेको छ । गएको सिजनमा आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई युभेन्ट्स पठाएको रियल उनको स्थानमा ओगट्न सक्ने खेलाडीको खोजिमा छ ।

सेप्टेम्बर २ मा स्पेनिस सरुवा बजार बन्द हुन अगाडि नै सियल नेयमारलाई भित्र्याउने योजनामा रहेको उल्लेख गरिहएको छ । अघिल्लो बर्षका बालोन डीआर विजेता लुका मोड्रिकले रियललाई ४ पटकको च्याम्पियन्स लिग उपाधि उचाल्न योगदान गरेका थिए । तर, उनै मोड्रिकलाई नेयमारसँगको सौदाबाजीमा लगाइएको छ ।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी ११८ पाउण्डमा पीएसजीमा अनुबन्ध भएका थिए । जुन अहिलेसम्म पनि सरुवा बजारको कीर्तिमानी मूल्य नै हो । नेयमारले पीएसजीका लागि खेलेका ५८ खेलमा ५१ गोल गरेका छन् भने २९ गोलका अवसर सिर्जना गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : २२ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट