प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाई लम्बिन सक्ने « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाई लम्बिन सक्ने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केहि लम्बिने भएको छ ।

उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको केहि दिन बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका कारण प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेपनि सोमबारसम्ममा प्रधानमन्त्री स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत सिंगापुरमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १२ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको