जम्मू–काश्मीरबारे देशवासीको नाममा सम्बोधन गर्दै मोदी « Khabarhub

जम्मू–काश्मीरबारे देशवासीको नाममा सम्बोधन गर्दै मोदी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार(आज) देशवासीको नाममा संवोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदीले जम्मू कश्मीरलाई भारतीय संविधानको अनुच्छेद ३७० बाट प्राप्त विशेषाधिकार हटाएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीले संविधानको अनुच्छेद ३७० हटाउने र पुनर्गठन बिलबारे सरकारको धारणा राख्ने सम्भावना रहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस क्रममा प्रधानमन्त्री मोदीले जम्मू कश्मीरको विषयमा केही घोषणा गर्नसक्ने सम्भावनासमेत रहेको छ । दिउँसो ४ बजे मोदीले सम्बोधन गर्न कार्यक्रम रहेको छ ।

मंगलबार भारतीय संसदले जम्मू–कश्मीरलाई संविधानको धारा ३७० बाट प्राप्त विशेषधिकारलाई हटाएको थियो ।

साथै जम्मू कश्मीर तथा लद्दाखको रुपमा बाँड्ने विधेयकलाई पनि अनुमति दिएको थियो ।

यस भन्दा पहिला प्रधानमन्त्री मोदीले सात अगस्टमा देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनपछि उक्त कार्यक्रमलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १२ : ४६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग