जम्मू–काश्मीरबारे देशवासीको नाममा सम्बोधन गर्दै मोदी « Khabarhub

जम्मू–काश्मीरबारे देशवासीको नाममा सम्बोधन गर्दै मोदी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार(आज) देशवासीको नाममा संवोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदीले जम्मू कश्मीरलाई भारतीय संविधानको अनुच्छेद ३७० बाट प्राप्त विशेषाधिकार हटाएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीले संविधानको अनुच्छेद ३७० हटाउने र पुनर्गठन बिलबारे सरकारको धारणा राख्ने सम्भावना रहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस क्रममा प्रधानमन्त्री मोदीले जम्मू कश्मीरको विषयमा केही घोषणा गर्नसक्ने सम्भावनासमेत रहेको छ । दिउँसो ४ बजे मोदीले सम्बोधन गर्न कार्यक्रम रहेको छ ।

मंगलबार भारतीय संसदले जम्मू–कश्मीरलाई संविधानको धारा ३७० बाट प्राप्त विशेषधिकारलाई हटाएको थियो ।

साथै जम्मू कश्मीर तथा लद्दाखको रुपमा बाँड्ने विधेयकलाई पनि अनुमति दिएको थियो ।

यस भन्दा पहिला प्रधानमन्त्री मोदीले सात अगस्टमा देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनपछि उक्त कार्यक्रमलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १२ : ४६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती