भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी « Khabarhub

भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तारबारले घेरिएको जम्मू शहरका कतिपय स्थानमा पछिल्ला केही दिनदेखि सन्नाटा छाएको छ । पूरै शहरमा कर्फ्यु जस्तो अवस्था बनेको छ ।

भारत प्रशासित कश्मीरको रुपमा जम्मशू शहरमा धारा १४४ लागू गरिएको छ । कुनै पनि अप्रिय घटना हुन नदिनका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी राखिएको छ ।

सोमबार विहान जुन समयमा भारतीय गृहमन्त्री अमित शाह संसदमा अनुच्छेद ३७० हटाउने फैसलाको घोषणा गरिरहेका थिए त्यस समयदेखि जम्मूमा मानिस आफ्नो घरमा कैद जस्तै बनेका छन् ।

बुधबार विहान जनतालाई राहत दिनका लागि अवस्था सामान्य बनाउने प्रयास गरिएको थियो । अन्य राज्यबाट आएका पर्यटक तथा श्रद्धालुले पनि मुस्किलको सामना गरिरहेका छन् ।

सत्तारुढ भाजपाका केही कार्यकर्ताले देशको झन्डा लिएर शहरमा देखा परेका थिए । उनीहरुले खुसीयालीमा ढोल बजाएर मिठाइपनि बाँडेका थिए ।

हिन्दू बहुल जम्मू क्षेत्रमा केही मानिसले फैसलाको स्वागत गरेका थिए । उनीहरुको भनाइ थियो ‘अनुच्छेद ३७० हटाउने फैसलाले जम्मूले आफ्नो हक पाएको छ र छिमेकी राज्यका लगानीकर्ता आएर यहाँ उद्योग खोल्ने र बेरोजगारी समस्या समाधान हुनसक्छ ।’

उनीहरुले केन्द्र सरकारले जम्मूलाई थप मद्दत गर्ने अनुमान पनि गरेका छन् ।

केही हिन्दूवादीले भने यो फैसलाले समस्या झन् जटिल बन्ने अनुमान गरेका छन् । यो फैसलाले कश्मीर घाटीका मानिस रिसाउने र समस्या अझ बढ्ने कतिपयको अनुमान छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : २८ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म