साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत « Khabarhub

साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ ।

भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ ।

यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । त्यस्तै मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : ५८ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका