किन थाइल्याण्ड जाँदैछन् पूर्व राजा ज्ञानेन्द्र ? « Khabarhub

किन थाइल्याण्ड जाँदैछन् पूर्व राजा ज्ञानेन्द्र ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रवार थाइल्याण्ड जाने भएका छन् ।

पूर्व राजा शाह शुक्रवार दिउँसो साढे एक बजे थाइएयरवेजको विमान मार्फत थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् । उनको साथमा स्वकीय सचिव सागर तिमिल्सिना पनि त्यसतर्फ प्रस्थान गर्दै छन् ।

गत बुधबार पूर्व युवराज्ञी हिमानी शाह र छोरी पूर्णिका थाइल्याण्ड गएका थिए ।

नातिनी पूर्णिकाको अध्ययन र भर्नाका लागि पूर्व राजपरिवारका सदस्यहरु थाइल्याण्ड जान लागेको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ ।

पूर्व रानी कोमल पनि अर्को साता थाइल्याण्ड जाने कार्यक्रम रहेको छ ।

केही दिनको थाइल्याण्ड बसाइपछि पूर्व राजपरिवारका सदस्यहरु अर्को देश तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तर कुन देश जाने भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : १० बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले