धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ बनाउने, यस्तो छ टिमअप « Khabarhub

धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ बनाउने, यस्तो छ टिमअप


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजसेवामा लागेपछि अभिनय क्षेत्रमा कमै सक्रिय धुर्मुस सुन्तलीको जोडी फिल्म निर्माणमा जुटेको छ । फिल्म बन्ने अनौपचारिक जानकारी पहिलेदेखि नै आइरहे पनि फिल्मको औपचारिक घोषणा बुधवार गरियो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्ममा रामबाबु गुरुङको निर्देशन रहनेछ ।

कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेको यो फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, दीपक आचार्य, बसन्त भट्ट लगायतका कलाकारले अभिनय गर्नेछन् ।

निर्माण टिमले फिल्मको नाफामध्ये २० प्रतिशत कमाइ सामाजिक कार्यमा लगाउने जनाएको छ । सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने उनका भाइ फुर्पा लामाले पनि लगानी गर्नेछन् ।

चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वध्वनि रहनेछ ।

झण्डै ५ वर्षपछि धुर्मुस–सुन्तली फिल्ममा फर्किन लागेका हुन् । ३५ दिनको छायांकन सेडुअल बनाई निर्माण टिम भदौ ३ गतेदेखि फ्लोरमा उत्रिन लागेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : २३ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते