अब १ करोडसम्मका सडक आयोजनामा डोजर चलाउन नपाइने « Khabarhub

अब १ करोडसम्मका सडक आयोजनामा डोजर चलाउन नपाइने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब १ करोडसम्म बजेट भएका सडक तथा पूर्वाधार निर्माणका योजनामा मेसिन (डोजर) प्रयोग गर्न नपाइने भएको छ । सरकारले सबै स्थानीय तहलाई परिपत्र गर्दै १ करोड रुपैयाँसम्मका योजनामा डोजरको प्रयोग नगर्न निर्देशन जारी गरेको हो ।

सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जारी निर्देशिकाअनुसार संघ, प्रदेश र स्थानीय सरकार सबैले १ करोडसम्मका आयोजनामा सम्भव भएसम्म मानवीय जनशक्तिकै प्रयोग गर्नुपर्ने छ ।

कुनै आयोजनामा मानवीय जनशक्तिले मात्रै काम गर्न असम्भव भए तोकिएको प्राविधिक टोलीले सिफारिस गरेपछि मात्रै मेसिनको प्रयोग गर्न पाइने छ ।

१ करोडसम्मका आयोजनामा आवश्यक पर्ने जनशक्ति स्थानीय तहमा हुने स्थानीय रोजगार सेवा केन्द्रबाट परिचालन गर्नुपर्ने पनि सरकारले सबै स्थानीय तहलाई जारी गरेको परिपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र गठन गरिसकेको छ । देशभरका सबै स्थानीय तहमा गठन भएका स्थानीय रोजगार सेवा केन्द्रमा हालसम्म करिब १७ लाख युवाले रोजगारीका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

अब स्थानीय, प्रदेश तथा संघीय सरकारले सञ्चालन गर्ने १ करोडसम्मका आयोजनामा ठेकेदारले नियुक्त गर्ने कामदारभन्दा स्थानीय रोजगार केन्द्रमा दर्ता भएका कामदारलाई काममा लगाउनुपर्ने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको