युनाइटेडका लुकाकु इन्टर मिलानमा « Khabarhub

युनाइटेडका लुकाकु इन्टर मिलानमा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटालीयन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका स्टाइकर रोमेलु लुकाकुलाई भित्र्याएको छ । बिहीबार युरोपियन सरुवा बजारको अन्तिम दिन इन्टरले लुकाकुलाई क्लबमा आवद्ध गरेको हो ।

युनाइटेडले लुकाकुका लागि मागेको ८० मिलियन युरो इन्टरले दिएपछि उनी इन्टर जाने पक्का भएको हो । यसअघि इन्टरले ५४ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । क्लबबाट बाहिरिने तर्खरमा रहेका लुकाकु मंगलबारको अभ्यासमा नगएपछि क्लबले कारबाही गरेको थियो ।

२६ बर्षीय लुकाकु बेल्जियम राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी हुन् ।

२ बर्ष अगाडि एभर्टनबाट क्लबमा भित्र्याउँदा लुकाकुका लागि युनाइटेडले ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । त्यसैको हारहारीमा पाए लुकाकुलाई बिदा गर्ने लक्ष्यमा  रहेको युनाइटेडले ७४ मिलियन पाउण्डमा छाडेको हो ।

२०१७ मा युनाइटड भित्रीएका लुकाकुले युनाइटेडका लागि ८० गोल गरेका छन् । उनी युनाइटेडका खेलाडीको इतिहासमा चौथो धेरै गोल गर्ने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ४५ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत