पाकिस्तानमा भारतीय सिनेमा प्रदर्शनमा रोक « Khabarhub

पाकिस्तानमा भारतीय सिनेमा प्रदर्शनमा रोक


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

भारतले कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरेपछि पाकिस्तानले विरोधस्वरुप आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार फिर्दौस आशिक अवानले ट्विट गर्दै भारतीय सिनेमा, नाटक र अरु कुनै किसिमका भारतीय सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाउने जनाएका हुन् ।

कश्मीर विवादका क्रममा पाकिस्तानले यसअघि भारतको कूटनीतिक दर्जा घटाउने र आफ्नो मुलुकमा रहेका भारतीय कूटनीतिज्ञलाई देशनिकाला गर्ने र भारतमा रहेका आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, पाकिस्तानले कश्मीरबारेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने निर्णय समेत गरेको छ ।

कश्मीरलाई भारत र पाकिस्तान दुबै मुलुकले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । पाकिस्तानमा भारतीय सिनेमा निकै लोकप्रिय मानिन्छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ४३ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी