पाकिस्तानमा भारतीय सिनेमा प्रदर्शनमा रोक « Khabarhub

पाकिस्तानमा भारतीय सिनेमा प्रदर्शनमा रोक


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

भारतले कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरेपछि पाकिस्तानले विरोधस्वरुप आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार फिर्दौस आशिक अवानले ट्विट गर्दै भारतीय सिनेमा, नाटक र अरु कुनै किसिमका भारतीय सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाउने जनाएका हुन् ।

कश्मीर विवादका क्रममा पाकिस्तानले यसअघि भारतको कूटनीतिक दर्जा घटाउने र आफ्नो मुलुकमा रहेका भारतीय कूटनीतिज्ञलाई देशनिकाला गर्ने र भारतमा रहेका आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, पाकिस्तानले कश्मीरबारेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने निर्णय समेत गरेको छ ।

कश्मीरलाई भारत र पाकिस्तान दुबै मुलुकले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । पाकिस्तानमा भारतीय सिनेमा निकै लोकप्रिय मानिन्छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ४३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन