गोत्र किन महत्वपूर्ण मानिन्छ ? « Khabarhub

गोत्र किन महत्वपूर्ण मानिन्छ ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

हिन्दू समाजमा गोत्रको विशेष महत्व छ । सहगोत्रबीच विवाह चल्दैन । थरसँगै अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ।

खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए । त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ।

त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न ।

थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो ।

वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ ।

गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ५४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै