लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित « Khabarhub

लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लाको तुरतुरे ताल फुटेर बडिगाड खोलामा आएको बाढीले सडक बगाएपछि मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएको छ ।

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा चार दिनदेखि मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित भएको छ ।

लोकमार्ग खुल्न अझै तीन साता लाग्ने छ । सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प छन् ।
सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँतर्फ गुड्ने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरे आएर रोकिन्छन् ।

लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए ।

आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । बाढीले झण्डै २५० मिटर सडक भत्काएको छ ।

लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । गत वर्ष पहिराले बडिगाड खोला थुनिँदा करीब १०० किमी क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ३२ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका