चिनियाँ विदेशमन्त्री आज नेपाल आउने « Khabarhub

चिनियाँ विदेशमन्त्री आज नेपाल आउने


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार आज नेपाल आउने भएका छन् ।

चिनियाँ समकक्षी वाङ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा आजबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेका हुन् ।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

उनले चीनको विकासबाट नेपालले बढि भन्दाबढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना रहेको बताए । छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ३४ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित