मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध « Khabarhub

मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित चट्यांङको सम्भावना रहेको जनाएको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आइतबार राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

त्यस्तै सोमबारको मौसम पनि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । सोमबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्यांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

मध्य र पुर्वी पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

सोमबार राति देशभरी सामान्यदेखि पुर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ ।

देशका केही स्थानमा मेघ गर्जन–चट्यांङ को सम्भावना भएकोले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ४५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर