रक्सी र चुरोट मध्ये कुन चाँही धेरै खतरनाक ? « Khabarhub

रक्सी र चुरोट मध्ये कुन चाँही धेरै खतरनाक ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चुरोट वा रक्सी कुन चाँही बढी हानिकारक होला स्वास्थ्यका हिसावमा ? सेवनकर्तालाई प्रश्न गर्ने हो भने उनीहरुको आ–आफ्नै खाले जवाफ हुन सक्छ ।

एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको बीबीसीले जनाएको छ ।

बेलायती अनुसन्धान कर्ताहरुका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ । त्यसैले त्यस्ता जोखिमलाई कम गर्ने एक मात्र उपाय भनेको चुरोटलाई पूर्णरूपमा त्याग्नु नै हो ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्- यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ।

रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ । उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन् । त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए।

उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ।

चुरोट पिउनु बढी खतरनाक

नटिङ्गम विश्वविद्यालयका प्राध्यापक जन ब्रिटन भन्छन्, “मलाई लाग्छ मान्छेहरू खतराको तुलना गरेर चुरोट वा रक्सीको चयन गर्छन् ।” उनी यूके सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक हुन्।

उनी भन्छन्, “यो अध्ययनका अनुसार चुरोट पिउनु रक्सीका तुलनामा बढी खतरनाक छ। अन्य रोगको कुरा गर्ने हो भने त चुरोट रक्सीभन्दा धेरै नै खतरनाक छ। यदि चुरोट पिउनेहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् भने उनीहरुका लागि सबैभन्दा राम्रो भनेकै चुरोट पिउन छाड्नु हो।”

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : १८ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक