आर्थिक बृद्धिदरको मूल्याकन गर्न व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह « Khabarhub

आर्थिक बृद्धिदरको मूल्याकन गर्न व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रीमन्त्री डा युवराज खतिवडाले विकासका साझेदारी संस्था र विभिन्न क्षेत्रका व्यवसायीहरुलाई आर्थिक बृद्धिदरसँगै अर्थ मन्त्रालयका कामको मूल्याकंन गर्ने आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने काम राज्यले मात्र नसक्ने बताउँदै त्यसका लागि लगानीकर्ता र विदेश दाताहरुसँग सहकार्य आवश्यक पर्ने बताए ।

‘सरकारले नेपालभित्र लगानी गर्ने सहज वातावरण बनाइरहेको छ । सरकारले लगानीमैत्री कानुन र वातावरण निर्माण गरेको छ । लगानी गर्ने आधार पनि छ’ उनले भने,’ आर्थिक बृद्धिदर र आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सहकार्य गर्नुपर्छ ।’

मन्त्री खतिवडाले सरकारले सबै लगानीकर्तालाई सामान व्यवहार र अन्य सुविधा दिएको बताए । साना ठूला लगानीकर्ता भनेर भेदभाव नगरेको उनको भनाइ थियो ।

मन्त्री खतिवडाले व्यवसायीलाई कर छली नगर्न सचेत गरे । ‘कर छल्न खोजे राज्य आँखा चिम्लlएर बस्दैन । यो विषयमा सबै ध्यान जाहोस’ मन्त्री खतिवडाले भने ।

व्यवसायीले राज्यको तंथ्याकलाई झुटो बनाउन र महत्वपुर्ण काममा बाध्य पुराउन खोजे कानुन अनुसार कारवाही गर्ने गर्ने उनको चेतावनी थियो ।

स्थायी सरकार भएकाले लगानी गर्ने वातावरण निर्माण भएको नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष दिपक मल्होत्राले बताए । सरकारले कर र कानूनी समस्या हटाइदिए आर्थिक बृद्धिदरमा नीजि क्षेत्रको सधै सहयोग हुने र आर्थिक समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।

यस्तै, नाफिजका अध्यक्ष सिताराम भट्टाराईले मिडियाले आर्थिक बृद्धिदर र आर्थिक समृद्धिका लागि लगानीकर्तासँगै राज्यको ध्याकषण गराउने बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : ५४ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद