आर्थिक बृद्धिदरको मूल्याकन गर्न व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह | Khabarhub Khabarhub

आर्थिक बृद्धिदरको मूल्याकन गर्न व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रीमन्त्री डा युवराज खतिवडाले विकासका साझेदारी संस्था र विभिन्न क्षेत्रका व्यवसायीहरुलाई आर्थिक बृद्धिदरसँगै अर्थ मन्त्रालयका कामको मूल्याकंन गर्ने आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने काम राज्यले मात्र नसक्ने बताउँदै त्यसका लागि लगानीकर्ता र विदेश दाताहरुसँग सहकार्य आवश्यक पर्ने बताए ।

‘सरकारले नेपालभित्र लगानी गर्ने सहज वातावरण बनाइरहेको छ । सरकारले लगानीमैत्री कानुन र वातावरण निर्माण गरेको छ । लगानी गर्ने आधार पनि छ’ उनले भने,’ आर्थिक बृद्धिदर र आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सहकार्य गर्नुपर्छ ।’

मन्त्री खतिवडाले सरकारले सबै लगानीकर्तालाई सामान व्यवहार र अन्य सुविधा दिएको बताए । साना ठूला लगानीकर्ता भनेर भेदभाव नगरेको उनको भनाइ थियो ।

मन्त्री खतिवडाले व्यवसायीलाई कर छली नगर्न सचेत गरे । ‘कर छल्न खोजे राज्य आँखा चिम्लlएर बस्दैन । यो विषयमा सबै ध्यान जाहोस’ मन्त्री खतिवडाले भने ।

व्यवसायीले राज्यको तंथ्याकलाई झुटो बनाउन र महत्वपुर्ण काममा बाध्य पुराउन खोजे कानुन अनुसार कारवाही गर्ने गर्ने उनको चेतावनी थियो ।

स्थायी सरकार भएकाले लगानी गर्ने वातावरण निर्माण भएको नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष दिपक मल्होत्राले बताए । सरकारले कर र कानूनी समस्या हटाइदिए आर्थिक बृद्धिदरमा नीजि क्षेत्रको सधै सहयोग हुने र आर्थिक समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।

यस्तै, नाफिजका अध्यक्ष सिताराम भट्टाराईले मिडियाले आर्थिक बृद्धिदर र आर्थिक समृद्धिका लागि लगानीकर्तासँगै राज्यको ध्याकषण गराउने बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : ५४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने