कोशी ब्यारेज बनाउँदा भएको क्षतिको माग गर्दै २३ दिनदेखि अनशन « Khabarhub

कोशी ब्यारेज बनाउँदा भएको क्षतिको माग गर्दै २३ दिनदेखि अनशन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् ।

सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् ।

उनीरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा गर्नु पर्ने र तत्कालीन समयमा भएको सम्झौताको कार्यान्वयन गराउनु पर्ने, पीडित समाजका गाउँमा सडक एवं विद्यालय निर्माण हुनुपर्ने, सप्तरी, सुनसरी र उदयपुरमा सिँचाइको व्यवस्था हुनुपर्ने, पीडित परिवारमा शिक्षित बेरोजगारलाई रोजगार दिनुपर्ने र पीडित परिवारजनमा स्वास्थ्य हेरचाह हुनुपर्ने जस्ता माग राखेका छन् ।

तत्कालीन समयमा भारतीय सरकारले क्षतिपूर्ति दिने भनिएको भए पनि ६५ वर्ष बित्दा पनि क्षतिपूर्ति नपाउनुले अहिले तेस्रो पुस्ताका मानिस क्षतिपूर्ति हुनुपर्ने मागसहित रिले अनशनमा बसेका छन् ।

रिले अनशन बसेको आज २३औँ दिन हो भने अहिलेसम्म पनि कतैबाट कुनै आश्वासन नआएकाले यो आन्दोलनलाई उचाइमा पुर्‍याउन थप कार्यक्रमसहित कडा आन्दोलन गर्ने कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार विसं २०१८ देखि २०२८ सम्ममा सुनसरी, सप्तरी र उदयपुरका करीब ६३ हजार बिघा जमीन कटान एवं डुबानमा परेको थियो ।

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र तत्कालीन नेपालका राजा महेन्द्रसँग भएको सम्झौताअनुसार नेपाली भूमिमा भएको क्षतिको पूर्ति गर्ने सम्झौता भएको थियो । “सम्झौताले लामो समय पार गर्दा पनि क्षतिपूर्ति नपाउनु दुःखद हो”, समितिका वरिष्ठ उपाध्यक्ष ज्योति झाले भने ।

तत्कालीन समयमा सुनसरीको चार हजार बिघा, सप्तरीको ५७ हजार बिघा र उदयपुरको दुई हजार बिघा जमीन डुबान र कटानमा परेको थियो । क्षतिपूर्तिका लागि पटक/पटक आन्दोलन गर्दा नदिने भनेर कहिले पनि नभनेको तर अहिलेसम्म क्षतिपूर्ति किन नदिइएको भनी प्रश्न गर्दै पीडित सप्तकोशी नगरपालिका–६ का लक्ष्मी गिरीले भने “यतिका सयमसम्म क्षतिपूर्ति नपाउँदा कस्तो पीडा हुन्छ अरू कसैले अनुभव नै गर्न सक्दैनन् ।”

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : २९ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका