अपरिचित व्यक्तिलाई एसिड नबेच्न आग्रह « Khabarhub

अपरिचित व्यक्तिलाई एसिड नबेच्न आग्रह


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा उद्योग वाणिज्य संघले अपरिचित व्यक्तिलाई एसिड विक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

गत शुक्रवार वीरगञ्ज महानगरपलिकाको गणेशमानचोकमा १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार भएपछि बारा उद्योग वाणिज्य संघले अपरिचित व्यक्तिलाई एसिड विक्री वितरण नगर्न व्यवसायीलाई अपिल गर्दै विज्ञप्ति जारी गरेको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै विद्यालय जान लागेकी खातुनमाथि दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडका कारण खातुनको गाला, छाती र दाहिने हात जलेको थियो ।

खातुनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने एसिड प्रहार गर्ने मध्येका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एक जना फरार रहेका छन् ।

विगत केही वर्षदेखि किशोरी र महिलामाथि एसिड आक्रमणको घटनामा वृद्धि भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ४३ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ