अपरिचित व्यक्तिलाई एसिड नबेच्न आग्रह « Khabarhub

अपरिचित व्यक्तिलाई एसिड नबेच्न आग्रह


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा उद्योग वाणिज्य संघले अपरिचित व्यक्तिलाई एसिड विक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

गत शुक्रवार वीरगञ्ज महानगरपलिकाको गणेशमानचोकमा १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार भएपछि बारा उद्योग वाणिज्य संघले अपरिचित व्यक्तिलाई एसिड विक्री वितरण नगर्न व्यवसायीलाई अपिल गर्दै विज्ञप्ति जारी गरेको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै विद्यालय जान लागेकी खातुनमाथि दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडका कारण खातुनको गाला, छाती र दाहिने हात जलेको थियो ।

खातुनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने एसिड प्रहार गर्ने मध्येका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एक जना फरार रहेका छन् ।

विगत केही वर्षदेखि किशोरी र महिलामाथि एसिड आक्रमणको घटनामा वृद्धि भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ४३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा