समकक्षी जनप्रतिनिधीबाट असुरक्षित छु भन्ने गाउँपालिका अध्यक्ष पार्टीबाट निलम्बित « Khabarhub

समकक्षी जनप्रतिनिधीबाट असुरक्षित छु भन्ने गाउँपालिका अध्यक्ष पार्टीबाट निलम्बित


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- आफ्नै समकक्षीबाट असुरक्षित रहेको आरोप लगाउन गाउँ पालिका अध्यक्षलाई पार्टीले निलम्बन गरेको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई उनको पार्टी सत्तारुढ नेकपाले निलम्बन गरेको हो ।

खड्काले आफ्नै पार्टीबाट गाउँपालिकामा चुनिएका जनप्रतिनिधीबाट असुरक्षित रहेको आरोप लगाउँदै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए।

गाउँपालिका उपाध्यक्ष र वडाअध्यक्षले गुन्डा प्रयोग गरेर आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै खड्काले उजुरी गरेपछि महाशाखाले उनलाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

गोलिकान्डपछि खड्काले आफुलाई गाउँपालिकामा रहेका आफ्नै पार्टीका उपाध्यक्ष र वडाध्यक्षले योजनाबद्ध रुपमा सिध्याउने योजना बनाएको आरोप लगाएका थिए। खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता ध्रुव कार्की र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराविरुद्ध किटानी जाहेरी दिएका थ‍िए ।

यता पार्टीले भने आपसी छलफल र सम्बादबाट समस्याको समाधान खोज्नुको साटो पार्टीको नीति र अनुशासनविपरित काम गरेर सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।

खड्कालाई नेकपाको प्रदेश कमिटीले कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : २२ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा