किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल « Khabarhub

किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीमाथि सान्दार जीत हात पारेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो ।

नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल गर्‍यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा दीपा राई र कप्तान निरु थापाले एक–एक गोल गरेका थिए । सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दीपाले २५औँ मिनेटमा र निरुले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए । नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे