निजामती दिवसः सर्वोच्चद्वारा २३ जना कर्मचारी पुरस्कृत « Khabarhub

निजामती दिवसः सर्वोच्चद्वारा २३ जना कर्मचारी पुरस्कृत


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती सेवा दिवसको अबसरमा सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ । निजामती सेवा दिवसको अवसर पारेर सर्वोच्च अदालतले आइतबार बिहानै कार्यालय परिसरको सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाको नेतृत्वमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । निजामती सेवा दिवसको कार्यक्रम सम्पन्न भएपछि भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य रजिष्ट्रार निरौलाले निजामती दिवसबाट जनतको काम अझै प्रभावकारी बनाउने, जनताले सेवा सुविधा समयमै प्राप्त गर्ने बिषयमा सबै प्रतिवद्ध रहेको बताए । निजामती सेवालाई उत्तरदायी, सेवामुखी र सुदृढ बनाउन सबैले आफ्नो भूमिका महत्वपूर्ण ठाने स्थायी सरकार मानिने यो सेवा प्रभावकारी हुने बताए ।

कार्यक्रममा सर्वोच्च अदालत र माताहतका अदालतमा रहेर उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने कर्मचारीहरु सहरजिष्ट्रार हरिराज कार्की, इजलास अधिकृतहरु भगवति शर्मा ढुङ्गाना, महेन्द्रबहादुर कार्की, ठाकुरप्रसाद पौडेल लगायत रहेका छन ।

यस्तै सर्वोच्च अदालतले निजामती सेवा दिवसलाई रचनात्मक बनाउने उद्देश्यका साथ कर्मचारीहरुबीच विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । उपत्यकास्थित सर्वोच्च अदालतसँगै माताहतका अदालतहरु, न्यायाधिकरणहरुबीच अन्तर न्यायपालिका ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो ।

जसको प्रथम सहरजिष्ट्रार मानबहादुर कार्की र उपरजिष्ट्रार अशोक क्षेत्रीको समुह , दोस्रो उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहाल र लेखापाल रमेशबहादुर थापा र तस्रो विशेष अदालतका सुदिप पोखरेल र तेजेन्द्र कँडेलको समुह थियो । यस्तै सर्वोच्चले फुटसल प्रतियोगिता र हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो ।

निजामती सेवा दिवसको अवसरमा सबै प्रतियोगितमा उत्कृष्ट नतिजा ल्याउने समुहहरुलाई मुख्य रजिष्ट्रार निरौलाले प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरे । कर्मचारीहरुबीच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण प्रतियोगिताहरु गरिएको थियो ।

निजामती सेवाको २०१३ साल भदौ २२ गते पहिलोपटक निजामती सेवा ऐन लागु भएको सम्झनामा भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउदै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ०५ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले