‘बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो’ « Khabarhub

‘बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो’


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आइतबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो।

डायरी लोकार्पण गर्दै उनका सुपुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए ।

महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे । बिपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, उहाँको प्रेरणा र विचारलाई आत्मसात गर्दै हामीले राजनीतिलाई सफा र निष्कलङ्क बनाउनुपर्छ ।”

कार्यक्रममा काङ्ग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे ।

काङ्ग्रेस नेता डा शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र सङ्घीयतामाथि खतरा देखिएको अवस्थामा काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढेमात्र मुलुकको भविष्य उज्वल हुने बताए ।

कार्यक्रममा ‘नेपाली काङ्ग्रेसको इतिहासको प्रारुप’का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा परिचर्चा गरे ।

यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक महेश पौड्याल लगायतले बिपीको डायरी राजनीति र साहित्यानुरागीका लागि निकै उपयोगी हुनुका साथै तत्कालीन डायरीमा इतिहासको जानकारीसमेत रहेको धारणा व्यक्त गरेका थिए ।

यो डायरी सङ्क्षिप्त भए पनि यसले नेपालको अधिकांश भाग र भारतका दिल्ली बम्बई, कोलकात्ता, पटना, बनारस, दार्जलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ ।

साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महिना लामो भ्रमण गरेका र भ्रमणमा काङ्ग्रेस सभापति सुर्वण शम्शेर र कुनैबेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको उक्त डायरीले जनाउँछ ।

बिपीले अङ्ग्रेजीमा लेख्नुभएको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गरेका हुन् भने महेश पौडेलले नेपालीमा अनुवाद गरेका हुन् । डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : १५ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा