२५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद « Khabarhub

२५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले जुवा खेल्ने र खेलाउने गरेको आरोपमा पोखराका दुई स्थानबाट २५ जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले २ लाख ७३ हजार ४३ रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए।

पोखरा ३२ तल्लो गगनगौडास्थित जंगबहादुर पुनको घरमा प्रहरीले छापा मारेको थियो। घरधनी पुन सहित उक्त ठाउँबाट १९ जना पक्राउ परेको प्रवक्ता केसीले जानकारी दिए। उनीहरुबाट १ लाख ६ हजार ७ सय ४८ रुपैयाँ र ८ बुक तास प्रहरीले बरामद गरेको छ।

त्यस्तै पोखरा ९ प्रगतिमार्गस्थित चन्द्रबहादुर गुरुङको घरमासमेत छापा मार्दा घरधनी गुरुङसहित ६ जनालाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए।

उनीहरुको साथबाट १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाइएको छ। पक्राउ २५ जना विरुद्ध नै जुवा मुद्दामा म्याद थप अनुमति लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : १५ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ