२५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद « Khabarhub

२५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले जुवा खेल्ने र खेलाउने गरेको आरोपमा पोखराका दुई स्थानबाट २५ जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले २ लाख ७३ हजार ४३ रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए।

पोखरा ३२ तल्लो गगनगौडास्थित जंगबहादुर पुनको घरमा प्रहरीले छापा मारेको थियो। घरधनी पुन सहित उक्त ठाउँबाट १९ जना पक्राउ परेको प्रवक्ता केसीले जानकारी दिए। उनीहरुबाट १ लाख ६ हजार ७ सय ४८ रुपैयाँ र ८ बुक तास प्रहरीले बरामद गरेको छ।

त्यस्तै पोखरा ९ प्रगतिमार्गस्थित चन्द्रबहादुर गुरुङको घरमासमेत छापा मार्दा घरधनी गुरुङसहित ६ जनालाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए।

उनीहरुको साथबाट १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाइएको छ। पक्राउ २५ जना विरुद्ध नै जुवा मुद्दामा म्याद थप अनुमति लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : १५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा