थारु बस्तीमा सखिया नाँचको रौनक (फोटोफिचर) | Khabarhub Khabarhub

थारु बस्तीमा सखिया नाँचको रौनक (फोटोफिचर)


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनेश विष्ट

कैलाली– पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाँचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशैँमा सखिया नाँच नाचिन्छ । सखिया नाँच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ ।

दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाँचले गाउँघरको परिवेश नै बेग्लै भएको छ ।

ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले रातभरि सखिया नाँच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन थारु गाउँमा हुन्छ ।

रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया कम्मर मर्‍काई मर्‍काई नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्दछ ।

दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने परम्परा रहेको कैलारी गाउँपालिकाका चन्तु देवी चौधरी बताउँछन् ।

सखिया नाँच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसले नाचको रुप भने दशैँमा पाउँछ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ ।

दशैँका बेला घर घरमा गएर नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने विश्वास रहेको बताउँछन् कैलारीकै भइयाराम चौधरी ।

प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा सखिया नाच नाच्ने गर्छन् ।

आउने पिंढिलाई आफ्नो संस्कृतीप्रति लगाब बढाउन पनि यस्ता कार्यक्रमले टेवा पुग्ने उनिहरुको विश्वास छ ।

आफ्नो संस्कृतीको जगेर्नासंगै आपसी भाइचारा बढाउन थारु समुदायमा दशैँ धुमधामका साथ मनाउने गरिन्छ । अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २६ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर