पिँडालु खाँदा पुग्छ यस्तो फाइदै फाइदा « Khabarhub

पिँडालु खाँदा पुग्छ यस्तो फाइदै फाइदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

आजको दिन हिन्दूधर्मावलम्बीहरुले विहानै जलाशयमा नुहाएर तुलसीको पूजा अर्चना गर्ने गरेका छन् भने खानाको सट्टा कन्दमूल खाने गरेका छन् ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

यसरी खाइने एक कन्दमूल हो पिँडालु । यो रेसेदार खानेकुरा हो, जसलाई भान्सामा विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ । पिँडालु उसिनेर वा तरकारीको रुपमा खान सकिन्छ भने दाल, गेडागुडीमा समेत पिँडालु मिसाउँदा तरकारीको स्वाद नै उत्कृष्ठ बन्न जान्छ ।

यी हुन, पिँडालु खानुका फाइदा

– पिँडालुमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ ।

– पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ । यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ ।

– पिँडालु फाइबरको राम्रो स्रोत हो । यसबाहेक, पिँडालुमा म्यागनिज, भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ । यी तत्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी छन ।

– पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले डायबिटिजका बिरामीका लाभदायी हुन्छ ।

– पिँडालुमा फाइबर पनि पाइन्छ । यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मानिसमा मुटुरोगको जोखिम कम हुन्छ ।

– पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात क्यान्सरको सम्भावना घटाउँछ । एन्टिअक्सिडेन्ट छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

– पिँडालु खाएमा भोक मर्छ । यसमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ । साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ । त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ ।

– पिडालुको तरकारी खाने गर्नाले रगतलाई सफा बनाइदिन्छ ।

पिँडालुले पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

– बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।

– सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ३७ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान