काठमाडौं महानगरपालिकाद्वारा नयाँ स्कूल खोल्न रोक « Khabarhub

काठमाडौं महानगरपालिकाद्वारा नयाँ स्कूल खोल्न रोक


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्थागत विद्यालयको संख्या बढ्दै गएसँगै काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
विद्यालय सञ्चालनको अनुमति, अपग्रेडजस्ता विषयमा स्वीकृति नै नलिई विद्यार्थी भर्ना गर्न विज्ञापन गर्ने परिपाटीको अन्त्य गर्नका लागि महानगरले यस्तो व्यवस्था गरेको दाबी गरेको छ ।

महानगरको शिक्षा विभागले विद्यार्थी भर्ना गर्नका लागि यस्तो प्रचारप्रसार नगर्ने समेत पटकपटक आग्रह गर्दै आइरहेको र सचेत गराउँदा समेत अटेर गर्नेलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने विभागकी प्रमुख निर्मला केसीले खबरहबलाई जानकारी दिइन् ।

‘सञ्चालनमा रहेका विद्यालयलाई व्यवस्थापन गर्नका लागि नयाँ विद्यालय सञ्चालनमा रोक लगाइएका हौं’ केसीले भनिन्, ‘भएका विद्यालयलाई अपग्रेट गराउ विद्यालय नथपौं भन्ने हो’ ।

विभागका अनुसार हाल काठमाडौंमा ७ सय ३५ वटा विद्यालयहरु रहेका छन् । जसमध्ये ९३ वटा सामुदायिक विद्यालय रहेका छन् भने ६ सय ४२ वटा संस्थागत विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ४७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित