तुलसीको प्रयोग– मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा « Khabarhub

तुलसीको प्रयोग– मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज हरिबोधिनी एकादशी । घरघरमा तुलसीको पुजा आरधना गरिन्छ । हिन्दुहरुले आफ्नो घरमा मठ बनाएर असारमा तुलसी रोप्ने आजको दिन विवाह गर्ने गरिन्छ ।

सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ । युगौदेखि धार्मिक महत्व बोकेको तुलसीको औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

तुलसीमाको पात, हाँगा, फूल, जरा, बिउले स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । आयुर्वेदिक चिकित्सामा तुलसीको प्रयोग हुने गरेको छ ।

यस्तो छ तुलसीले स्वास्थ्यलाई पुग्ने फाइदा

तुलसी सेवन गर्दा भोक जगाउँछ
–तलुसीको सेवनले पाचनप्रणलीमा सुधार ल्याउने गर्छ । जसले मानिसलाई भोक जगाउँछ । भोक नलाग्ने समस्या भएका व्यक्तिलाई तुलसीको पात सेवन गर्नु उपउक्त हुन्छ ।

माइग्रेनमा राहत
–तुलसीको पातलाई दूधमा उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

तनाव वा डिप्रेसन हुन दिदैन

–तुलसीको पातलाई दुधमा उमालेर सेवन गरेमा तनाव वा डिप्रेसनको समस्याबाट मुक्ति पाइन्छ ।

मुटुरोगीलाई फाइदा

–तुलसीको पात र दुध उमालेर नियमित सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।

पत्थरीको समस्यामा हट्छ

–दूधमा तुलसीको पात राखेर उमालेर खाली पेटमा पीउदा पत्थरीको समस्याबाट बच्न किन्छ । पत्थरीको समस्या भएकाले नियमित दुधमा तुलसी मिसाएर पिउदा पत्थरी निको हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

–तुलसीको पातमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

दम रोगीलाइ फाइदा

–श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका व्यक्तिलाई दुधमा तुलसीको पातमा उमालेर पिउनु फाइदाजनक हुन्छ ।

घाँटी बसेमा

–घाँटी बसेर बोल्नै नसक्ने भएमा तुलसी पात र मरिचको दाना र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको समस्याबाट राहत पाउन सकिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका