धुवाधुँलोका कारण लाग्छ यस्ता रोग, कसरी जोगिने ? | Khabarhub Khabarhub

धुवाधुँलोका कारण लाग्छ यस्ता रोग, कसरी जोगिने ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही वर्षयता काठमाडौंमा वायु प्रदुषण बढिरहेको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारतको राजधानी दिल्ली अत्याधिक प्रदुषणका कारण ‘च्याम्बर’ मा परिणत भएको छ । भारतमा हावामा धुलोका मात्रा अत्याधिक भएपछि स्वास्थ्य संकटकाल नै लगाइएको छ ।

त्यसको प्रभाव नेपालमा पर्न सकने विषयमा समाचारहरु बाहिरिएपनि मौषम विभागले भने त्यस्तो सम्भावना कम रहेको जनाएको छ ।
राजधानी काठमाडौं लगायतका मुख्य सहरहरुपनि प्रदुषणको चपेटामा परेका छन् । अत्याधिक धुलोका कारण मानिसहरुलाई स्वास फेर्नसमेत समस्या पर्न थालेको छ ।

उपत्यकामा मात्र बढ्दो सवारीका कारण वायु प्रदुषणको स्तरमा तीन गुणा वृद्धि भइरहेको र पुस, माघ र फागुनका महिनाहरुमा अझ प्रदुषण बढ्ने वातावरणविद्हरु बताउँछन् ।

सरकारले धुवा धुलो नियन्त्रणलाई प्राथमिकतामा राखेको बताउँने गरेपनि त्यसको नियन्त्रणका लागि भने ठोस कदम चाल्न सकेको छैन ।

सडकमा रहेको धुलो बढार्न महानगरले केही ब्रुमर कुदाउँने बाहेकको काम गरेको छैन । सडक भत्किएका कारण धुलो उडेपनि त्यसलाई टाल्ने तर्फ कसैको ध्यान जान सकेको छैन । पुनर्निर्माणका कारण पनि धुलो बढिरहेको छ ।

वायु प्रदुषणका कारणहरु 

हावामा विभिन्न प्रकारका पदार्थ वा ग्यास जस्तैः धुम्रपान, आगोबाट निस्केको धुँवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गइ वायु प्रदुषण हुन सक्छ ।

पछिल्ला समय सहरी क्षेत्रमा सवारी साधनको चाप बढ्दै गइरहेको छ । औद्योगिक क्षेत्रमा चलाइने विभिन्न मेसिन, कीटनाशक औषधीको प्रयोगका कारण पनि वायु प्रदुषण हुने गरेको छ ।

त्यस्तै सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदुषणको समस्या शहरी क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको छ । राजधानी काठमाडौं शहरकै कुरा गर्ने हो भने पनि धुलो, धुँवा र बढ्दो सवारी साधनका कारण प्रदूषित शहरका रुपमा चिनिन्छ ।

सवाी साधनबाट विषालु ग्यासहरु निस्कने गर्छन् । जसमध्येः नाइट्रोजन, अक्साइड, कार्बनडाइअक्साइड, हाइड्रोकार्बन, लिड आदि हुन् ।
यी विषालु ग्यासहरु वायुमण्डलीय हावामा मिसिन पुग्दा कार्बनमनोअक्साइले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध पु¥याउने गर्छ जसकारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।

बढ्दो शहरीकरण, सवारी साधनको अत्याधिक प्रयोग, पूराना सवारी साधन विस्थापित गर्न नसक्नु,कलकारखाना मानव वस्ती नजिक हुनु, फोहोरमैला जथाभावी फाल्नु,घरवरपरीको धुलो र धुँवालाइ नियन्त्रण गर्न नसक्नु,कीटनाशक औषधीको जथाभावी प्रयोग गर्नु लगायतका कारणले प्रदुषण बढिरहेको छ ।

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरु :

वायु प्रदुषणले मानव स्वास्थयमा विभिन्न प्रकारका समस्या उत्पन्न गराउँछ । जसमध्ये, श्वासप्रश्वास सम्बन्धी संक्रमण, रुघाखोकी, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी र दीर्घकालिन खालका रोगहरु रहेका छन् ।

पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती बाली समेत नष्ट बनाउँछ ।

वायु प्रदूषण बढ्दै गएमा हवाइ यातायातमा समस्या आउँछ ।

बाक्लो धुँवाका कारण सवारी दुर्घटनाग्रस्त बन्छन् । हरितगृहमा असर गरी पृथ्वीमा असर तापक्रम बढ्ने र वातावरणमा परिवर्तन भइ कृषि उत्पादनमा ¥हास आउने आदि हुन्छ ।

कसरी बच्ने ?

वायुप्रदुषणबाट बच्नका लागि मास्कको प्रयोग गर्नु पर्छ । सामान्य खालको भन्दा पनि धुलो रोक्ने खालको मास्कको प्रयोग गर्नुपर्छ ।
आवश्यक नपरि घरबाट बाहिरिने गर्नु हुँदैन ।

बाहिर सडकमा सवारी साधनबाट निस्कने धुलोले धेरै असर गर्छ । त्यस्तै मानव बस्ती वरीपरी प्लाष्टिक तथा धुँवाजन्य पदार्थहरु नजलाउने, पूराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरी अनुमति प्राप्त सवारी साधनमात्र सञ्चालनमा ल्याउने काम भएपनि पनि प्रदुषण कम गर्न सहयोग पुग्छ ।

वनजंगल फडानी नगर्ने, वृक्षरोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने, उद्योगधन्दा, कलकारखानालाइ मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोरमैला फाल्न प्रतिबन्ध गर्ने लगायका काम सरकारले गर्ने हो भने पनि वातावरण प्रदुषणलाई कम गर्न सकिन्छ ।

इन्धनको रुपमा प्रयोग गरिदैँ आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्क्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिँदा प्रदुषणलाई कमी गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १ : ५४ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु