महेशपुर नाकाबाट ५१ जनाको उद्धार | Khabarhub Khabarhub

महेशपुर नाकाबाट ५१ जनाको उद्धार


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।

जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै गएको पाइएको छ ।

माइती नेपाल आवधिक गृह महेशपुरका अनुसार घरेलु हिंसा, आर्थिक प्रलोभन, गरीबी तथा बेरोजगारी, लैङ्गिक विभेद, नाफामूलक व्यवसाय, सस्तो श्रम तथा यौनकार्यका लागि प्रयोग, आफू बेचबिखनमा परिसकेपछि साथी पनि लैजाने, साथीको सङ्गतजस्ता कारणले महिला तथा किशोरी बेचबिखनमा पर्ने गरेका पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि हालसम्म माइती नेपालले स्थानीय र प्रहरीको सहयोगमा समेत उद्धार गरेका ५१ मध्ये ५० लाई घरपरिवारसँग पुनःमिलन गराएको छ । बेचबिखनमा पर्न लागेको आशङ्कामा ४१ लाई सीमानाकाबाटै घर पठाइएको छ भने उद्धार गरिएकामध्ये दुईमात्र बेचबिखन मुद्दा दर्ता गर्न सफल भएका आवधिक गृहकी प्रमुख कौशिल्या विश्वकर्माले बताइन् ।

बीस वटा खोजतलासका निवेदन दर्ता भएकामा छ जना मात्र फेला पार्न सफल भएको माइती नेपालले जनाएको छ । उद्धार गरिएकामध्ये नवलपरासीकै भूमहीकी एक १८ वर्षीय महिलाले श्रीमान्को हिंसा सहन नसक्ने भन्दै पुनःमिलन हुन नचाहेपछि माइती नेपालको सहयोगमा सीपमूलक तालीम प्रदान गरिएको छ ।

महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् । खुला सिमाना र निर्वाध प्रवेशको छुट पाउनु, बिचौलियाले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्ने, सीमा वारपार गराउन स्थानीय व्यक्तिको प्रयोग गराउनु, पहुँचवाला तथा उच्चपदस्थ व्यक्तिबाटै बिचौलियालाई संरक्षण गरिनुजस्ता कारणले नियन्त्रणमा समस्या भएको उनको भनाइ छ ।

माइती नेपालले बेचबिखन तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने, असुरक्षित बसाइँसराइलाई न्यूनीकरण गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम, प्रहरी तथा सरोकारवालासँग समन्वय तथा नेपाल–भारत संयुक्त सीमा अनुगमनलगायतका काम गरिँदै आएको माइती नेपालले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ०९ बजे

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर