उम्मेदवारको विरोधमा कसैको उजुरी परेन- निर्वाचन आयोग | Khabarhub Khabarhub

उम्मेदवारको विरोधमा कसैको उजुरी परेन- निर्वाचन आयोग


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १, बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ को २ र दाङ जिल्ला निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकाहरूविरुद्ध कसैको पनि उजुरी नपरेको आयोगले जनाएको हो ।

आयोगले सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि शुक्रबार बिहान ११ देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ०१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र