साग महिला फुटबल– भारतलाई हराउँदै नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर | Khabarhub Khabarhub

साग महिला फुटबल– भारतलाई हराउँदै नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – १३ ‌औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भनेका थिए “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।”

भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली खेलमा विजयी हुन्छ ।

महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आए पनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ ।

त्यसैले पनि जारी साग खेलकूदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार(आज) आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ ।

खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ ।

सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ ।

अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले टोलीको मनोबल उच्च बनाउने छ भने दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताए । भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उनले भने “खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ । घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौँ ।”

भारतीय प्रशिक्षक मेयामोल रकी नेपालले सँधै आफ्नो टोलीमाथि दबाब सिर्जना गर्ने गरेको बताउँदै फाइनलमा आक्रामक फुटबल खेल्दै स्वर्ण जित्ने लक्ष्य रहेको बताए ।

खेलाडीको ‘युनिटी’नै टोलीको सवल पक्ष रहेको बताउँदै उनले सम्पूर्ण खेलाडी स्वर्णका लागि खेल्न मानसिकरुपमा तयार रहेको उल्लेख गरे ।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।

महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा समेत यी दुई टोली फाइनलमा स्पर्धा गरेका थिए । त्यसमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो । गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ०० बजे

एक बजेट, दुई अर्थमन्त्री : कार्यान्वयनमा पुरानै ढर्रा !

काठमाडौं – एकै आर्थिक वर्षमा दुई/दुई अर्थमन्त्रीले वित्त नीति हाँक्ने

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

स्याङ्जा– गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको

देशका निम्ति क्रियाशील हुनुपर्नेमा खनालको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं

म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।