नेपालगञ्जलाई उज्यालो उपमहानगर बनाउने योजना अनिश्चित « Khabarhub

नेपालगञ्जलाई उज्यालो उपमहानगर बनाउने योजना अनिश्चित


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम अनिश्चित बनेको छ । काठमाडौं इनर्जी कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो ।

नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको बत्ती ‘हाइमास्ट’ले देशभर चर्चा पाएको थियो । यसपछि उपमहानगरपालिकाले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न ८ स्थानमा थप बत्ती जडानका लागि प्राथमिकता दिएको थियो ।

कम्पनीले बत्ती जडानका लागि तयार गरिएको जग (फाउण्डेशन) अलपत्र अवस्थामा छाडिदिएको छ । विसं २०७६ वैशाख ३१ गते सो ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७६ असार २१ गतेभित्र बत्ती जडान गरिसक्नुपर्ने थियो । अहिले उपमहानगरपालिकाको ५८ लाख १६ हजार ३४३ रकम ‘फ्रिज’ भएको छ

रकम फ्रिज भएपछि ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले भने, ‘प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा विभिन्न स्थानमा ‘हाइमास्ट’ जडान गर्न रकम छुट्टएको हो, ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा विनियोजित बजेट फ्रिज भएको हो ।’

अहिले ठेकेदार कम्पनीले उपमहानगरपालिकासँग बत्ती जडानका लागि म्याद थप गर्न माग गरेको छ । समयमै कार्य सम्पन्न नगर्ने, सम्झौताअनुरुप पेश्की लिन डराउने ठेकेदारलाई म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा उपमहानगरपालिका अन्यौलमा छ ।

बत्ती जडानका लागि उपमहानगरपालिकाको बोर्डले छिट्टै निर्णय गर्ने र अवरुद्ध कार्य अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए ।

विनियोजित रकम फ्रिज भएपछि उपमहानगरपालिकाले स्रोतको सुनिश्चित गर्न तदारुकतासमेत देखाएको छ । सम्झौताअनुसार नेपालगञ्जको वीरेन्द्र चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, पुष्पलाल चोक, कारकाँदो चोक, सेतुविक चोक, त्रिवेणीमोड र फुल्टेक्रा चोकमा बत्ती जडान गर्नुपर्ने हो ।

सम्झौता अवधिमा जगको काम मात्र भएको छ । सबै स्थानमा बत्ती जडान भएपछि नगर क्षेत्रमा रातिको समयमा सर्वसाधारणलाई आवागमनसँगै सवारीसाधन चलाउन सहज हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ०५ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको