फास्ट ट्र्याकको निर्माण २०८१ सम्ममा सक्ने सेनाको घोषणा « Khabarhub

फास्ट ट्र्याकको निर्माण २०८१ सम्ममा सक्ने सेनाको घोषणा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सेनाले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराईं÷मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को निर्माण २०८१ वैशाखसम्म सकिने बताएको छ ।

फास्ट ट्र्याकको पछिल्लो कार्यप्रगतिबारे जानकारी दिन सोमबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अबको ४ वर्षमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको हो ।

कूल ७२.५ किलोमिटर लम्बाइको फास्ट ट्र्याकमा ६.४१ मिटर शुरुङ, १०.५९ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुने छ ।

फास्ट ट्र्याकअन्तर्गत ८७ वटा पुल निर्माण गरिनेछन् । जसम्यधेका १६ वटा पुलहरु जटिल प्रकृतिका र ७१ वटा ‘अन्य प्रकृति’का रहनेछन् ।

सेनाले जटिल प्रकृतिका पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० सम्ममा सक्ने जनाएको छ । अन्य पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ ।

सेनाले २०७८ जेठबाट सुरुङ निर्माणको काम शुरु गरेर २०८१ वैशाखसम्म सक्ने जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १ : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर