फास्ट ट्र्याकको निर्माण २०८१ सम्ममा सक्ने सेनाको घोषणा | Khabarhub Khabarhub

फास्ट ट्र्याकको निर्माण २०८१ सम्ममा सक्ने सेनाको घोषणा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सेनाले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराईं÷मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को निर्माण २०८१ वैशाखसम्म सकिने बताएको छ ।

फास्ट ट्र्याकको पछिल्लो कार्यप्रगतिबारे जानकारी दिन सोमबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अबको ४ वर्षमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको हो ।

कूल ७२.५ किलोमिटर लम्बाइको फास्ट ट्र्याकमा ६.४१ मिटर शुरुङ, १०.५९ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुने छ ।

फास्ट ट्र्याकअन्तर्गत ८७ वटा पुल निर्माण गरिनेछन् । जसम्यधेका १६ वटा पुलहरु जटिल प्रकृतिका र ७१ वटा ‘अन्य प्रकृति’का रहनेछन् ।

सेनाले जटिल प्रकृतिका पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० सम्ममा सक्ने जनाएको छ । अन्य पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ ।

सेनाले २०७८ जेठबाट सुरुङ निर्माणको काम शुरु गरेर २०८१ वैशाखसम्म सक्ने जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १ : १६ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण