राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेसम्म निर्वाचन हुने | Khabarhub Khabarhub

राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेसम्म निर्वाचन हुने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सोमबार नै सरकारसँग परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ुनिर्वाचनका लागि कम्तीमा पनि ३५/४० दिन तयारीका लागि समय लाग्ने हुँदा सरकारलाई त्यही अनुसारले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेका हौँ, आयोगमा दर्ता भएका कुनै पनि दललाई सानो वा ठूलो भनेर हेरिएको अवस्था छैन, सबैप्रति समान व्यवहार गर्न/गराउन प्रतिबद्ध छौं ।’

यो निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपाली काँग्रेसका युवानेता सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोगको वचन दिए ।

आयोगका अनुसार आगामी निर्वाचनमा प्रदेश नं १ मा महिला १, दलित १ र अन्य १ गरी ३, प्रदेश नं २ मा महिला १, दलित १, अल्पसङ्ख्यक १ र अन्य १ गरी ४, प्रदेश नं ३ मा महिला १ र अन्य १ जना गरी २ पदका लागि निर्वाचन हुनेछ । त्यस्तै गण्डकी प्रदेशमा महिला १ र अन्य १ गरी २ तथा प्रदेश नं ५ मा महिला १, अल्पसङ्ख्यक १ र अन्य १ गरी ३, कर्णाली प्रदेशमा महिला १, अन्य १ गरी दुई तथा सुदूरपश्चिम प्रदेशमा महिला १ र अन्य १ गरी १ पदका लागि आयोगबाट निर्वाचतको तयारी गरिएको छ ।

स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको २ वर्ष, २० जनाको ४ र बाँकी २० जनाको कार्यकाल ६ वर्ष कायम गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा उक्त प्रयोजनाका लागि दल दर्ता गराउनु पर्नेछ ।

राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव केशव झाले उम्मेदवार मनोनयन र मतदानबीचको अवधि फराकिलो राख्न सुझाव दिए । उक्त छलफलमा समाजवादी पार्टी, नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलका प्रतिनिधि सहभागी थिए । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दल नै निर्वाचनको प्रमुख सरोकार पक्ष रहेको बताउँदै निर्वाचन मण्डलबारे जानकारी गराए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ५३ बजे

अर्थसंक्षेप : वैदेशिक लगानी घट्दै, कैलालीमा स्मार्ट डिपो बनाउँदै आयल निगम

काठमाडौं– अघिल्लो आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा चालु आर्थिक

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

एजेन्सी – उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौं – सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही

ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने