हृदयघातका कारण वडा सदस्यको मृत्यु | Khabarhub Khabarhub

हृदयघातका कारण वडा सदस्यको मृत्यु


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ब्यासनगरपालिका-१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ ।

वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

“बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो”, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, “कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो ।”

“वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ”, उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : ४१ बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले